मलेसिया जाने नेपालीलाई ३ साताको अनिवार्य क्‍वारेन्टाइन

काठमाडौं । विदेशबाट मलेसिया जानेले ३ साता अनिवार्य क्‍वारेन्टाइन बस्नु पर्ने भएको छ । मलेसियाका सञ्चारमाध्यमहरुका अनुसार नेपालका साथै श्रीलंका, बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुलाई २१ दिनको क्वारेण्टिन अनिवार्य गरिएको हो ।

कोभिडको डेल्टा भेरिएण्टलाई जोखिम न्यूनिकरण गर्न मलेसिया सरकारले यस्तो निर्णय गरेको हो । यस अघि भारतबाट मलेसिया आउने यात्रुका लागि २१ दिनको अनिवार्य क्‍वारेन्टिनको व्यवस्था गरेको थियो ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल लगायतका मुलुकमा डेल्टा भेरिएण्ट फैलिएपछि सो संक्रमण रोक्न यस्तो व्यवस्था गरिएको हो । सबै मुलुकबाट मलेसिया आउने यात्रुको हकमा ३ दिन भित्र गरिएको पीसीआर रिपोर्टलाई अनिवार्य गरिएको छ । भने, मलेसिया भित्रिए पक्षचात पनि अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था छ । नेपाल लगायतका मुलुकबाट आउने यात्रुको १८ औं दिनमा पीसीआर परीक्षण हुने जनाइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स