श्रीलंका राष्ट्रपति रनिल विक्रमासिंघेद्वारा पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा

कोलम्बो । श्रीलंका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् ।

बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलंकालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।

बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए । बुधबार नै सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्बाट जानकारी दिएका थिए ।

गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स