श्रीलंकामा आयात प्रतिबन्ध खुकुलो पारियो

कोलम्बो । श्रीलंकाले यस वर्षको मार्च र अप्रिलमा विभिन्न ३६९ वस्तुमा लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको अर्थ मन्त्रालयले बुधबार जनाएको छ ।

अर्थ, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीतिमन्त्रीको हैसियतले प्रधानमन्त्री रनिल विक्रमसिंघेद्वारा हस्ताक्षरित सूचनामा प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ ।

यसअघि ३६९ वस्तुमध्ये कुनै पनि वस्तु आयात गर्न चाहनेले आयात अनुमतिपत्र लिनुपर्ने बनाइएको थियो ।

विदेशी उत्पादनमा विदेशी मुद्रा खर्च घटाउन आयातमा रोक लगाउने निर्णय लिइएको थियो । श्रीलंकाको केन्द्रीय बैंकले सोमबार सरकारको घोषणापछि आयातकर्तालाई आवश्यक वस्तुहरू आयात गर्न बैंकिंङ क्षेत्रमार्फत् पर्याप्त विदेशी मुद्राको पहुँच सुनिश्चित गर्ने बताएको छ ।

श्रीलंकामा यस वर्ष विदेशी मुद्राको अभाव भएपछि यसको प्रभाव अतिआवश्यक वस्तुहरूको आयात समेतमा परेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स