युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने

किभ । युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिएको हो ।

उनले युक्रेनको मन्त्रिपरिषदले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताए ।

प्रधानमन्त्री सामहालले मंगलबार भने– अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरु युक्रेन राज्यको मातहतमा आएका छन्, मंगलबारको मन्त्रिपरिषदको बैठकले सो कानुन बनाएको छ ।

युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरुको पुननिर्माणका लागि एक कोषको स्थापना गरेको जनाएको छ । रुसको सो सबै सम्पत्ति उक्त कोषमा जम्मा हुनेगरी कानुन बनाएको उनले बताए ।

युक्रेनका प्रधानमन्त्रीले युक्रेनले विश्वका अरु देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरु जफत गर्ने विषयमा पनि अनुरोध गर्ने जनाएको छ ।

ती सम्पत्तिहरु ती देशहरुले जफत गरी युक्रेनको पुननिर्माणसम्बन्धी कोषमा जम्मा गर्ने गरी काम गर्न अनुरोध गरिने जानकारी उनले दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स