मालीमा ८८६ नागरिक मारिए, घाइते वा अपहृत भए

माली । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा जनाइएको छ।

पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ।

दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको देखिएको छ ।

समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समूहहरूबाट हुने मानवअधिकार उल्लंघनमा भने अघिल्लो अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ।

नोटमा भनिएको छ हिंसा देशको केन्द्रमा विशेष गरी बन्दियागारा, डुएन्जा, मोप्ती र सेगोउ क्षेत्रहरूमा किन्द्रित थियो ।

सन् २०१२ देखि मालीले सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुआयामिक संकटको सामना गरिरहेको छ।

स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर(सामुदायिक हिंसाले यस पश्चिम अफ्रिकी देशमा हजारौंको ज्यान लिएको छ भने हजारौं विस्थापित भएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स