पाकिस्तानी कम्पनीमा काम गर्ने विदेशी नागरिकको हत्या गरि सडकमा जलाईयो, कारण यस्तो

काठमाडौं । पाकिस्तानी कम्पनीमा काम गर्ने विदेशी नागरिकको हत्या गरि सडकमा ल्याएर जलाईएको छ । पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोट कम्पनीको म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको हो । मारिने व्यक्ति श्रीलंकाको नागरिक रहेको बताइएको छ ।

उनलाई ईशनिन्दाको आरोपमा त्यहाँका स्थानीयवासीले कुटपिट गरी हत्या गरेर उनको शवलाई सडकमा ल्याएर जलाइएका थिए । यस घटनापछि सामाजिक सन्जालमा पाकिस्तान सरकारको तीव्र विरोध भइरहेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यस घटनाले आफुलाई निकै स्तब्ध बनाएको बताएका छन् । उनले घटनामा जोसुकै जिम्मेदार भए पनि उसलाई सजाए दिने प्रतिबद्धता पनि जनाएका छन् ।

खानले पाकिस्तानका लागि यो निकै शर्मनाक दिन भन्दै घटनाको अनुसन्धानलाई आफैंले हेरिरहेको र दाषीलाई कडा भन्दा कडा सजाय हुने बताएका छन् ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स