करिब ६ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिबबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

बुधबार, नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २० लाख ६९ हजार कित्ता सेयर ५ अर्ब ९५ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३४ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सको २६ करोड ५ लाख, सोल्टी होटलको २० करोड ९८ लाख, नेपाल फाइनान्सको १६ करोड ७७ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १५ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स