काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ ।
आइतबा र सोमबार कारोबार र नेप्से परिसूचकमा राम्रो वृद्धि भएकोमा मंगलबार समेत त्यसले निरन्तरता पाएको छ ।
मंगलबार ४५.२३ अंकले बढेर २६९०.५९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ३२ लाख ६४ हजार कित्ता सेयर ६ अर्ब ६ करोड रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
त्यसैगरि, समृद्धि फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, पिपुल्स हाइड्रो पावरको १६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।