दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४ लाख १८ हजार कित्ता सेयर ५ अर्ब ३४ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्स र दोल्ती पावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
रिभर फल्स्को ९.५४%, मन्छियम हाइड्रोपावरको ९.१३%, माया खोला हाइड्रोपावरको ६.९९%, प्रोगेशिभ फाइनान्सको ६.६२%, बेष्ट फाइनान्सको ६.५७%, एनआईसी एसिया ग्रोथ फण्डको ६.०१%, मकर जितुमायाको ५.९५%, कुमारी सबल योजनाको ५.८१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स