चार कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ११ लाख ३४ हजार कित्ता सेयर ४ अर्ब ७३ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एलआईसी नेपाल, रिभर फल्स् पावर, माईखोला हाइड्रोपावरमा १०% र समृद्वि फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

कालिन्चोक दर्शनको ९.७७%, मकर जितुमाया हाइड्रोपावरको ७.३९%, नेपाल फाइनान्सको ६.६८%, जानकी फाइनान्सको ५.९०%, दोल्ती पावरको ५.३१%, अप्पर लोहोरे खोला हाइड्रोपावरको ५.०३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स