करिब ५ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ११ लाख ३४ हजार कित्ता सेयर ४ अर्ब ७३ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आईसीएफसी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३२ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल एसबीआई बैंकको २१ करोड ६२ लाख, सीईडीबी हाइड्रोपावरको १८ करोड ८६ लाख, जानकी फाइनान्सको १८ करोड २० लाख, समृद्वि फाइनान्सको १८ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स