नेप्से २८ सयमा, करोबार ७ अर्ब माथि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ । नेप्से आज बढेर २८२४ अंकसम्म पुगेको थियो । तर कारोबारको अन्तिम समय तिर करिब २३ अंकले घटेको हो ।

सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले बढेर ५२५.४४ विन्दुमा पुगेको छ ।

आज २२४ कम्पनीका सेयर ७७ हजार ५१८ पटक कारोबार भएको छ । १ करोड १९ लाख ४३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ, ट्रेडिङ, होटल एण्ड टुरिजम, हाइड्रोपावर, फाइनान्स, अन्य र माइक्रोफाइनासन्स उपसमूह बढेका छन् ।

विकास बैंक, नन् लाइफ इन्स्योरेन्स, उत्पादन मुलक, लाइफ इन्स्योरेन्स, म्युअुचल फण्ड र इन्भेष्टमेन्ट उपसमूह घटेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स