सगरमाथा जलविद्युतको लाभांश घोषणा, साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्त पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १४ गते स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ९ बजे साधारण सभा आह्वान गरेको छ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स