नेप्सेमा एक लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, लाइफ इन्स्योरेन्स कर्पेरेशन (नेपाल) लिमिटेड र स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन भएको हो ।

जसमा एलआईसी नेपालको ८८.४५१६८ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य १९८८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ११०१.८५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य १०७५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ९४०.९२ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स