एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५७ लाख ४२ हजार कित्ता सेयर ६ अर्ब २७ करोड ८९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५५ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आईसीएफसी फाइनान्समा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
समृद्वि फाइनान्सको ९.९३, एनआईसी एसिया डिबेन्चरको ८.०१, मन्जुश्री फाइनान्सको ६.६७, साहस उर्जाको ५.८५, एनआईबीएल ग्रोथ फण्डको ४.३६, हिमालयन डेष्टिलरीको ३.५७, सेन्ट्रल फाइनान्सको ३.४०, रावा इनर्जीको ३.२६, कुमारी इक्विटी फण्डको ३.२१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स