करिब साढे ६ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।

बुधबार, नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५७ लाख ४२ हजार कित्ता सेयर ६ अर्ब २७ करोड ८९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५५ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आईसीएफसी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४३ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, कुमारी बैंकको २६ करोड ९७ लाख, साहस उर्जाको २६ करोड १७ लाख, समृद्वि फाइनान्सको २४ करोड ८४ लाख, हिमालयन डेष्टिलरीको १९ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स