नेप्से २५ अंकले बढ्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९ लाख ६२ हजार कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रावा इनर्जीको ८.८६%, मनकामना इन्जिनीयरिङ हाइड्रोपावरको ७.८२%, थ्री स्टार हाइड्रोपावरको ६.३६%, माहुली लघुवित्तको ६.१०%, मैलुङ खोला जलविद्युतको ६.०९%, कर्पेरेट डेभलपमेन्ट बैंकको ५.९२%, नाडेप लघुवित्तको ५.८५%, पाँचथर पावर कम्पनीको ५.४०%, लिबर्टी इनर्जीको ५.१३%, ग्रीन भेन्चरको ४.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स