करिब साढे ४ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९ लाख ६२ हजार कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गुडवील फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, कुमारी बैंकको १३ करोड ८० लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड २८ लाख, पिपल्स् हाइड्रोपावरको १० करोड ९९ लाख, नेपाल एसबीआई बैंकको ८ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स