सीईडीबी हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । सीईडीबी हाइड्रोपावरले साधारण सभा आह्वान गरेको छ । कम्पनीले विशेष साधारण सभा कार्तिक २० गते कालिमाटी ब्यांकेट कालिमाटी, काठमाडौंमा बिहान ८ बजे डाकेको हो ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियामक निकायहरुको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव रहेको छ । साथै, सभाले ५ जना संचालकहरु नियुक्ति गर्नेछ ।

कम्पनीले कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ कार्तिक ११ गतेसम्म कायम सेयरधनीहरुले प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स