नेप्सेमा एक हाइड्रोपावरको सेयर मूल्य समायोजन, भोलि कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । आइतबार, कम्पनीको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

कम्पनीको आजको अन्तिम कारोबार मूल्य २८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य २७१.८४ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि सोमबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स