मेगा बैंकले घोषणा गरेको लाभांशमा संशोधन, घट्यो बोनसदर

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि मेगा बैंकले घोषणा गरेको लाभांशमा संशोधन गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बिहान बसेको बैठकले प्रस्तावित गत आर्थिक वर्षको लाभांश संशोधन गरेको हो ।

यसअघि बैंकले लाभांश घोषणा गर्दा १२.०७ नै बोनस सेयर दिने भनेको थियो ।

राष्ट्र बैैंकले करसहितको नगद लाभांश दिनु भनेपछि त्यसलाई संशोधन गर्दै १० प्रतिशत बोनस सेयर २.०७ प्रतिशत नगद (करसहित) लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स