काठमाडौं । बुधबार, नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ अंक विन्दुमा आइपुगेको छ ।
आज ६४ लाख १७ हजार कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जानकी फाइनान्स र मिथिला लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
मल्टी पर्पेश फाइनान्सको ९.३२%, समृद्वि फाइनान्सको ६.८४%, एनआईबीएल समृद्वि फण्डको ६.७४%, सेन्ट्रल फाइनान्सको ६.३६%, आईसीएफसी फाइनान्सको ५.९४%, उप्पर स्याँगे हाइड्रोपावरको ५.८४%, कुमारी धनवृद्वि योजनाको ५.८१%, प्रोगेशिभ फाइनान्सको ५.४७ प्रतिशतले सेयर मूल्य बढेको छ ।