काठमाडौं । दशैं पछिको सेयर बजार दोहोरो अंकले बढेको छ ।
बुधबार, नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ अंक विन्दुमा आइपुगेको छ ।
आज ६४ लाख १७ हजार कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, गुडवील फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १८ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल फाइनान्सको ११ करोड २३ लाख, हिमालयन रि इन्स्योरेन्सको १० करोड ९३ लाख, सीईडीबी हाइड्रोपावरको १० करोड २ लाख, एनआरएनको ८ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।