के अब सेयर बजारमा फाइनान्स कम्पनीहरूको दिन आएको हो ?

काठमाडौं । दसैंपछिको पहिलो दिन सेयर बजारले केहि गति लिने छाँट देखाएको छ । आज यतिबेलासम्म बढेका कम्पनीहरूको टप थ्रीमा फाइनान्स कम्पनी परेका छन् ।

आज मंगलबार फूलपातीको अघिल्लो दिन बुधबारको तुलनामा नेप्से १५.४३ अंकले बढेर नेप्सm परिसूचक २६८३ अंक पुगेको हो । आज १.०० बजे नेप् १ अर्ब २१ करोड रुपैभन्दा बढीको कारोबार भएको छ ।

आज टप कारोबार फाइनान्स कम्पनीको भएको छ । मल्टिप्रपोज फाइनानस कम्पनीले आज यतिबेलासम्म टप गेनर कम्पनी बनेको छ भने दोस्रो कम्पनीमा पनि जानकी फाइनान्स परेको छ भने समृति फाइनान्स कम्पनीले तेस्रो बढी कमाउने कम्पनी बनेको छ ।

यी फाइनान्स कम्पनीहरूमध्ये मल्टिप्रपोज फाइनान्सको प्रतिकित्ता सेयर मूल्य क्रमशः ७.७८ प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको ६.४८ प्रतिशतले र समृद्धि फाइनान्सको ६.०४ प्रतिशतले बढेको हो ।

वाणिज्य बैंकहरूकै सेयरको भाउ बढ्न नसकेको बेलामा फाइनान्स कम्पनीको सेयर मूल्य बढ्नुमा कारण बजारमा सर्ट ट्रम लागनी गरेर फर्कने बाहिरिने लगानीकर्ता प्रवेश भएको हो भन्न सकिने विश्लेषकहरूले बताएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स