सेयर बजारमा बैंक र बीमा कम्पनीको हिस्सा ५८ प्रतिशत, नयाँ स्टक आउँदा सिनारियो फेरिएला ?

काठमाडौं । नेपालमा सेयरबजार विस्तार भैरहेको छ । स्टक एकस्चेन्जमा सूचीकृत हुने कम्पनीहरु समेत बढ्न थालेका छन् । ठूला उत्पादन मूल्यक कम्पनीहरु समेत समावेश हुँदै गैरहेका छन् । यसले बजारलाई विश्वसनियता र सबैको सहभागीता गराउँदै अघि बढेको देखिन्छ ।

यसमा नेपाल स्टक एक्स्चेन्जको अलवा अर्को नयाँ कम्पनी समेत आवश्यकता गर्ने भन्दै बहस समेत भैरहेको छ । अर्थात् सरकारले समेत प्रक्रिया अघि बढाएर स्थगित भएको अवस्था छ ।
नयाँ स्टक एक्स्चेन्जको लागि समेत ठूला घरनाहरु समावेश भएको तीन वटा ससूहले आवेदन दिएका छन् ।

यसरी हेर्दा सेयरबजारमा लगानी गर्ने , सूचीकृत हुने र व्यवस्थापन गर्नेहरुको समेत अग्रसरता देखिन्छ । तर अब भने बजारको सिनारियो पनि फेरिन पर्ने देखिएको छ । सेयर बजार भन्ने वित्तिकै बैंक र बीमा कम्पनी मात्रै सम्झनुपर्ने स्थितिबाट बाहिरिनुपर्ने वातावरण हुनुपर्ने छ ।

तर पनि अहिले सम्मको अवस्था हेर्दा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.९ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स