एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ अंक विन्दुमा आइपुगेको छ ।

आज ८३ लाख १२ हजार कित्ता सेयर ३ अर्ब ७६ करोड १५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३० वटा कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मिड सोलु हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

उप्पर स्यांगे हाइड्रोपावरको ९.९३%, राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सनको ९.६५%, उप्पर सोलु हाइड्रो इलेक्ट्रिकको ६.५५%, पिपल्स् हाइड्रोृपावरको ६.४९%, सामुदायिक लघुवित्तको ६.०१%, लिबर्टी इनर्जीको ५.९९%, कुमारी सबल योजनाको ५.९८%, मोलुङ हाइड्रोपावरको ४.४७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स