आज यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।

मंगलबार, नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३ लाख ३० हजार कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनएलजी इन्स्योरेन्स सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २७ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको २३ करोड ९७ लाख, हिमालयन रि इन्स्योरेन्सको १३ करोड ७६ लाख, एनआईसी एसिया बैंकको १२ करोड ८६ लाख, गुडवील फाइनान्सको १० करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स