१० प्रतिशतले सेयर मूल्य बढाउने कम्पनी यी हुन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ विन्दुमा पुगेको छ । आज मंगलबार २२७ कम्पनीको सेयर कारोबार छ । जसमध्ये १७१ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज मंगलबार १ करोड ९३ हजार २२१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ५९ हजार ३१६ पटक सेयर खरिद बिक्री भएको छ ।

नेपाल बंगलादेश र्बैकको सेयर मूल्य १० प्रतिशतले बढेकोे छ । हिजो सोमबार कम्पनीको प्रति कित्ता सेयर ३२६ रुपैयाँमा कारोवार भएको थियो । आज कम्पनीको प्रति कित्ता शेयर ३२.६० रुपैयाँले बढी ३५८.६० रुपैंयामा खरिद बिक्री भएको छ ।

नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिजो सोमबार कम्पनीको प्रति कित्ता सेयर एक हजार १६१.१० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर एक हजार २७७.१० रुपैयाँमा खरिद बिक्री भई प्रति कित्ता सेयर मूल्य ११६.१० रुपैंयाँले बढेको छ ।

महाँलक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिजा सोमबार कम्पनीको प्रति कित्ता सेयर ७५० रुपैयाँमा कारोबार भएको थियो । आज कम्पनीको प्रति कित्ता सेयर ८२५ रुपैयाँमा कारोवार हुदाँ प्रति कित्ता सेयर मूल्य ७५ रुपैयाँले बढेको छ ।

पंञ्चकन्यामाई हाईड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिजो सोमबार कम्पनीको प्रति कित्ता सेयर ३२१ रुपैयाँमा कारोवार भएको थियो । आज कम्पनीको प्रति कित्ता सेयर ३५३.१० रुपैयाँमा खरिद बिक्री हुदाँ प्रति कित्ता सेयर मूल्य ३२.१० रुपैंयाँले बढेको छ ।

अपर तामाकोशी हाईड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिजो सोमबार कम्पनीको प्रति कित्ता सेयर ५८३ रुपैयाँमा कारोवार भएको थियो । आज कम्पनीको प्रति कित्ता सेयर मूल्य ६४१.३० रुपैयाँमा भएको छ । कम्पनीको प्रति कित्ता मूल्य सेयर मूल्य ५८.३० रुपैंयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स