एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश फाइनान्सको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५० लाख ४६ हजार कित्ता सेयर ६ अर्ब १३ करोड ८२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ङादी हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
मध्य भोटेकोशीको ९.७६%, इष्टर्न हाइड्रोपावरको ९.६८%, गुडवील फाइनान्सको ९.२७%, सिनर्जी पावरको ८.१४%, समृद्वि फाइनान्सको ७.९२%, नेपाल फाइनान्सको ७.७०%, बेष्ट फाइनान्सको ७.६२%, साहस उर्जाको ७.४७%, प्रोगेशिभ फाइनान्सको ७.३५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स