काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
आइतबार, नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५० लाख ४६ हजार कित्ता सेयर ६ अर्ब १३ करोड ८२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २१९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, साहस उर्जाको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६३ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआरएनको २५ करोड ५७ लाख, नेपाल फाइनान्सको १५ करोड ९९ लाख, गुडवील फाइनान्सको १५ करोड १३ लाख, एशियन लाइफ इन्स्योरेन्स प्रमोटर सेयरको १४ करोड ५७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।