अपि पावरको लाभांश संशोधन, स्थगित साधारण सभा पनि आह्वान

काठमाडौं । अपि पावरको लाभांश संशोधन भएको छ।

कम्पनीले यसअघि प्रस्ताव गरेको ९ प्रतिशत लाभांश सहितको वित्तिय विवरण नियामक विद्युत नियमन आयोगले अस्वीकृत गरेपछि कम्पनीले लाभांश संशोधन गरेको हो।

कम्पनीको असोज १८ गतेको संचालक समितिको बैठकले ९ प्रतिश्त लाभांशलाई घटाएर ५ प्रतिशतमा झारेको छ। अपि पावरले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

बैठकले यसअघि स्थगित गरेको कम्पनीको २१ औं वार्षिक साधारण सभा समेत डाकेको छ । बैठकले आगामी कात्तिक ११ गते आइतबारका दिन काठमाडौंको गौशालामा रहेको होटल क्रिष्टलमा सभा आयोजना गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले कात्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, कात्तिक १ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश पाउनेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स