अरूण भ्याली हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । अरूण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद गरी कुल ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश पारित गर्ने प्रस्तावसहित २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा
कात्तिक १४ गते बिहान ११ बजे काठमाडौंमा डाकेको छ ।

सभाले बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी तथा जारी पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने, नियमनकारी निकायबाट सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थासँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने प्रस्ताव पारित गर्नेछ ।

संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, कात्तिक ४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स