नेप्सेको ६९ अंकको छलाङ, ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च वृद्धि देखिएको छ । मंगलबार नेप्से ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्ड्रेक्स १४.९२ अंकले बढेर ५२१.४६ विन्दुमा पुगेको छ ।

आज २२७ कम्पनीका सेयर ६९ हजार २०० पटक कारोबार भएको छ । १ करोड ९३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहहरु हरिया भएका छन् । लाइफ इन्स्योरेन्स उपसमूह २०७०.६१ अंकले बढेको छ ।

नेपाल बंगलादेश बैंक, एनटीसी, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाइड्रो पावर, अप्पर तामाकोशी मैलुङ खोल जलविद्युत, मानुषी लघुवित्त र तेह्रथुप पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

विजय लघुवित्तको सेयर मूल्य २.३७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स