नेप्सेमा एक लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार, गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य १८१८.८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य १५९१.९५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य ६०५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ५५० रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि बुधबार समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स