काठमाडौं । मंगलबार, नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३।५६ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ७५ लाख ७ हजार कित्ता सेयर ७ अर्ब ६१ करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडवील फाइनान्स, श्री इन्भेष्टमेन्ट, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, समृद्वि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ, आईसीएफसी फाइनान्स, प्रोगेशिभ फाइनान्स लगायत अन्य कम्पनीमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।