काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँमा हकप्रद जारी गर्ने भएको हो ।
उक्त प्रस्ताव कम्पनीले विशेष साधारण सभाबाट पारित भएपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।