हाथवे इन्भेष्टमेन्टद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी कात्तिक २५ गते काठमाडौंमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजे डाकेको हो ।

उक्त सभामा गत आव २०८०/८१ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।

साथै, कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, सोहि मितिमा समाप्त आव २०८०/८१ को आयव्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने, आव २०८१/८२ को बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिको रिक्त पदमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको नियूक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, कात्तिक ६ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स