विजय लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। संस्थाको कात्तिक २९ गते बसेको बैठकले आर्थिक बर्ष २०७७(७८ बाट आफ्ना सेयरधनीहरुलाई २१.०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश मध्ये २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५४ प्रतिशत नगद लाभांश रहेको छ।

हाल लघुवित्तको चुक्तापुंजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँ रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी ३२ करोड पुग्नेछ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स