दुई कम्पनीमा सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९७ लाख १७ हजार कित्ता सेयर ३ अर्ब ७१ करोड ५३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१० वटा कम्पनीको सेयर मूल्य बढ्दा ३३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी हाइड्रोपावरमा १० प्रतिशत र कुमारी सबल योजनामा ९.९८ प्रतिशतले सर्किट लागेको छ ।

युनाइटेड मोदी हाइड्रोपावरको ९.५८%, सर्वोतम सिमेन्टको ९.४७%, सोनापुर मिनिरल्स्को ९.११%, शिवम् सिमेन्टको ७.९१%, माहुली लघुवित्तको ७.३८%, हाथ्वे इन्भेष्टमेन्टको ७.१०%, घोराही सिमेन्टको ६.८२%, श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.४८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स