रुरु जलविद्युतको लाभांश घोषणा, साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । रुरु जलविद्युतले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

साथै कम्पनीले बोनस वितरणपछि कायम हुन आउने चुक्तापूँजीको १ः०.८० को अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत सेयर लगानी गर्ने निर्णय गरेकोले लगानी जुटाउनको लागि हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनी मार्फत दुई वटा जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको छ ।

कम्पनीले सुम्निमा हाइड्रो पावरद्वारा प्रर्वद्धित ४.९ मेगावाटको अपर पिखुवा खोला जलविद्युत आयोजना र ४.१ मेगावाटको पिखुवा पशुपति जलविद्युत आयोजना निर्माण गर्ने भएको हो।

कम्पनीले आगामी कात्तिक ११ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा प्रयोजनको लागि आगामी असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स