काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।
बुधबार, नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड २४ लाख ९८ हजार कित्ता सेयर ४ अर्ब ८१ करोड ३२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २२३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५४ लाख, सीईडीबी हाइड्रोपावरको १३ करोड ७ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ७१ लाख, अपी पावरको १२ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।