सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । सुपर मादी हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

साथै, बैठकले माथिल्लो तमोर जलविद्युत् आयोजनामा लगानी गर्न हकप्रद सेयर पनि निष्काशन गर्ने निर्णय गरेको छ ।

बैठकले लाभांश सहितका प्रस्तावहरु पारित गर्न आगामी कात्तिक ५ गते होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजे आफ्नो १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले आगामी असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

त्यसैगरी, सभाले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने, सोसम्बन्धी र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विशेष प्रस्तावहरु पनि पारित गर्नेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स