गोर्खाज फाइनान्सको सेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारणको स्वामित्व कति ?

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडकोो सेयर संरचना परिवर्तन भएको छ ।

बैंकले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो । नेप्सेले असोज ८ गतेको निर्णयानुसार परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।

योसँगै, अब संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत अर्थात् कुल कित्तामध्ये ४४ लाख २६ हजार ७६८.३८ कित्ता र सर्वसाधारणको ४९ प्रतिशत अर्थात् ४२ लाख ५३ हजार १६९.६२ कित्ता कायम भएको छ ।

नेप्सेमा कम्पनीको संस्थापक र सर्वसाधारणको गरि कुल ८६ लाख ७९ हजार ९३८ कित्ता सूचीकृत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स