एनएलजी इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५५ लाख ४ हजार कित्ता सेयर ५ अर्ब ६८ करोड ९५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १० वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १८ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १७ करोड ५९ लाख, हिमालयन रि इन्स्योरेन्सको १४ करोड ६५ लाख, अपी पावरको १३ करोड ५५ लाख, सानिमा माई हाइड्रोपावरको ११ करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स