साढे ५ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

सोमबार, नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर ५ अर्ब ६६ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२९ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सीईडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ५२ लाख, अपी पावरको ११ करोड ७७ लाख, सानिमा माई हाइड्रोपावरको ११ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स