शिवम् होल्डिङ्सको लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कामय चुक्ता पुँजी ४ अर्ब ६४ करोडको २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश प्रस्तावसहित असोज ३० गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजे डाकेको हो ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

शिवम् होल्डिङ्स सन् २०१५ मा स्थापना भएको कम्पनी हो । उक्त कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स