तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २४ लाख ८५ हजार कित्ता सेयर ५ अर्ब ९ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र अपर स्यांगे हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सयपत्री हाइड्रोपावरको ७.०४%, सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ सिमको ६.८४%, सिटिजन्स म्यूचल फण्डको ४.५४%, स्ट्यान्डर्ड चार्टड बैंकको ३.९७%, एनएमबी ५०को ३.९१%, मध्यभोटे कोशीको ३.८६%, रिभर फल्स् पावरको ३.६४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स