पाँच अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २४ लाख ८५ हजार कित्ता सेयर ५ अर्ब ९ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २७ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सको १४ करोड ६९ लाख, नेपाल फाइनान्सको १२ करोड ९७ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ९४ लाख, एनआरएनको १० करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स