नेप्से पुगेर अर्थमन्त्रीले भने, ‘३ हजार माथि पुगेको बजार, कसरी तल झर्‍यो ?’

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालय पुगेका छन् । आज दिउँसो करिब साढे २ बजेको आसपासमा अर्थमन्त्री पौडेल नेप्सेको कार्यालयमा अनुगमनका लागि पुगेका हुन् ।

नेप्सेको कार्यालयमा पुगेर उनले हाल बजारमा पछिल्लो समय आइरहेको गिरावटले अर्थमन्त्रालयको ध्यान तानेको हुँदा आफु नेप्सेको दैलोमा आइपुगेको बताएका छन् ।

अर्थमन्त्री पौडेलले ३ हजार विन्दुसम्म पुगिसकेको नेप्से कसरी झर्यो भनेर प्रश्न गरेका छन् ।
उनले नेप्सेका अधिकारीहरुलाई केही गलत तत्वले फैलाएको अफवाहको पछि लगानीकर्ता दौड्दा बजारमा कुनै कारण बिना नै गिरावट देखिएको बताए ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेसँगै सेयर बजार निरन्तर उकालो लाग्दै २ हजार बिन्दुबाट ३ हजार पुगेको थियो । कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारप्रति लगानीकर्ता पनि उत्साहित भएका थिए । तर, एक्कासी बिना कुनै कारणनै बजारमा किन गिरावट आइरहेको छ भनेर प्रश्न गरे ।

साथै, उनले यसको उचित जवाफ नपाएसम्म प्रश्न गरिरहने बताए ।

अर्थमन्त्रीले फेसबुक, क्लबहाउस लगायतका सामाजिक सञ्जालमा गैरकानूनी ढंगले बजारलाई नकारात्मक प्रभाव पार्न र लगानीकर्ताको मनोबल गिराउन सक्रिय पात्र तथा समूहहरुलाई कडा कारवाही गर्ने चेतावनि समेत दिए ।

‘नेप्सेले पनि सामाजिक सञ्जालमा हुने यस्ता गतिविधिप्रति चासो बढाउनु पर्छ, ’ पौडललले भने,‘देशको अर्थतन्त्र र प्रमुख सूचकहरु सबै सकारात्मक हुँदाहुँदै बजार यसरी घटाइनु प्राकृतिक छैन । यसमा सरकारले छानबिन गर्नेछ ।

नेप्सेको प्रणाली सुधारका लागि सरकार सकारात्मक रहेको पौडेलको भनाइ छ । ‘नेप्सेसँग रहेको प्रणालीले कति समयसम्म धान्न सक्छ ? अब नेप्सेका प्रणाली सुधार गर्नु आवश्यक रहेको छ । नेप्सेले कारोबारको गोपनियतासँग पनि जोड दिनुपर्छ’ उनले भने ।

उनले पुँजी बजार सुधारका लागि जस्तसुकै कार्य गर्ने समेत सरकार तयार रहेको बताए । सेयर बजारका नियामकले लगानीकर्ताको हितका लागि काम गर्नुपर्ने उनको भनाइ रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स