काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले घटेको छ ।
बुधबार, नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ३९ लाख ५२ हजार कित्ता सेयर ५ अर्ब ६६ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल फाइनान्सको १६ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्सको १५ करोड ९५ लाख, साहस उर्जाको १३ करोड १ लाख, गुडवील फाइनान्सको १२ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।